राजधानीको दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

राजधानीको दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

जेठ १२, काठमाडौं ।
राजधानीको सुकेधारा र अनामनगर (घट्टेकुलोमा) विस्फोट भएको छ । विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो । १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको जनाइएको छ । सुकेधाराको विस्फोटमा अन्य ४ जना घाइते छन् ।

यस्तै अनामनगर (घट्टेकुलोमा) भएको विस्फोटमा पनि १ जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा अन्य २ जना घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् । सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।