४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता कोटेश्वरबाट पक्राउ

४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता कोटेश्वरबाट पक्राउ
तस्विर सौजन्य : facebook(mukunda kalikote)

जेठ १२, काठमाडौ ।
राजधानीको विभिन्न ठाउँमा बम पड्किरहेका बेला सशस्त्र प्रहरीको टोलीले कोटेश्वरको  नरेफाँटबाट ४ वटा कुकरसहित ७ जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली र अर्का एक व्यक्ति रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । 

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ३ झोला पार्टीको पर्चा, मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरेको छ ।

अहिले पक्राउ परेका कार्यकर्ता महानगरीय प्रहरी वृत्त, बोनश्वरको हिरासतमा रहेका छन् ।

आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको थियो । विष्फोटमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।