अर्थमन्त्रीले पेश गरे १५ खर्ब ३२ अर्बको बजेट

अर्थमन्त्रीले पेश गरे १५ खर्ब ३२ अर्बको बजेट
तस्विर सौजन्य : Khabarhub

जेठ १५, काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सदनमा पेश गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने अर्थमन्त्रीले जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले सबैभन्दा बढि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट छुट्याएको बताए। पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा भने ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन, खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड रुपैयाँसमेत गरी श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

यसैगरी, कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।