पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

जेठ २२, काठमाडौं । 
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।

यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो । आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । बजेटले पेट्रोल र डिजेलमा पूर्वाधार कर बापत १ रुपैयाँ थपेपछि मूल्य बढाएको निगमले तर्क गरेको थियो ।

तर, चार दिनअघि भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल, डिजेलको मूल्य घटेर आएपछि उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गरिएको निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।