सारेगमप लिटिल च्याम्पमा तेस्रो भए नेपालका प्रितम

सारेगमप लिटिल च्याम्पमा तेस्रो भए नेपालका प्रितम

जेठ २६, काठमाडौं । 
भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा प्रितम सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का कक्षा ६ मा अध्ययनरत प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए ।

११ वर्षिय प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । प्रितम २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

सारेगमप लिटिल च्याम्पको फाइनलमा ६ जना प्रतिसपर्धी पुगेका थिए ।