गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा
तस्विर सौजन्य : रिपब्लिका

असार ३, काठमाडौं । 
चौतर्फी दबाव आएपछि सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिएको घोषणा गरेको छ ।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले  पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

गुठी विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको भन्दै विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।