कोरोना अपडेट : मृतकको संख्या ११ सय नाघ्यो, ४४ हजार सङ्क्रमित

कोरोना अपडेट : मृतकको संख्या ११ सय नाघ्यो, ४४ हजार सङ्क्रमित

२९ माघ, काठमाडौं ।
चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ११ सय नाघेको छ अन्तराष्ट्रिय सञ्चारमाध्म सीएनएनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै   कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको  छ ।

यस मध्ये ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन ।

यो सँगै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका  काम थालेको छ ।

अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको  टोली सोमबार चीन पुगेको छ ।

ज्यान गुमाउनेको सङ्ख्या ११ सय नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ  ।

चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काउने योजना सरकारले बनाएको छ ।