नेप्से ६ प्रतिशत घट्दा आजको कारोबार नै बन्द

नेप्से ६ प्रतिशत घट्दा  आजको कारोबार नै बन्द

२७ फागुन, काठमाडौँ । 
मंगलबार(आज) नेप्से परिसूचक ६ प्रतिशत घट्दा मंगलबारका लागी कारोबार नै बन्द भएको छ । 

बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेपछी नेप्सेले २० मिनेटका लागि कारोबार स्थगित गरेको थियो।

त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि यस दिनको लागि बजार बन्द भएको छ। नेप्से अब बजार बुधबार मात्र खुल्नेछ । 

लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि बजारमा तीव्र गतिमा ओरालो लागको हो। विशेष गरी नयाँ लगानीकर्ता कोरोनाको त्रासले  शेयर बिक्री गरिरहेको ब्रोकरहरु बताउँछन्।

मंगलबार नेप्से १३ सय ४९ दशमलव बत्तिसमा कारोवार रोकिएको छ ।