१० लाख थान मास्कसहित एक जना पक्राउ

१० लाख थान मास्कसहित एक जना पक्राउ

चैत्र ५,काठमाडौँ ।

महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित गोरखाका युवराज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

कम्पनीको आवरणमा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको मास्कलाई बढी मूल्यमा बेच्ने उद्देश्यले गोदाममा लुकाएर राखेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ।

यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।