सैनामैनाको बैंकका कर्मचारीमा देखियो कोरोना

सैनामैनाको बैंकका कर्मचारीमा देखियो कोरोना

अनिल सापकोटा
सैनामैना, ३१ साउन ।
 
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका  ११ सालझण्डीमा रहेको ग्लोबल आई.एम.ई. बैंकका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

सामान्य ज्वरो देखिएपछि स्वाव संकलन गरेर ५ दिनदेखि घरमै आराम गरिरहेका कर्मचारीको शुक्रबार (हिज) आएको रिर्पाेटमा कोरोना पोजेटिभ देखिएको वडा अध्यक्ष सुनिल प्रसाद मरासीनीले जानकारी दिनुभयो । 

'शुक्रबारको रिर्पाेटमा कोरोना पोजेटिभ देखिएपछि आज बिहान नगरप्रमुख सहितको टोलिले बैंक सिल गरेका छौ,' वडाअध्यक्ष मरासीनीले बताउनुभयो, 'बैंकका अन्य कर्मचारीहरुको स्वाव संकलन प्रकृया अगाडी बढाएका छौ । सबै कर्मचारीलाई सुरक्षित भएर होम क्वारेन्टिनमा बस्न निर्देशन दिइसकेका छौँ ।' 

समुदायमा फैलनबाट रोक्नका लागि नगरप्रमुख, उपप्रमुख, स्वास्थ्य सेवाका कर्मचारी वडाअध्यक्ष लगायतको बैठक बसिरहेका बडाअध्यक्ष मरासीनीले जानकारी दिनुभयो । 

संक्रमित कर्मचारीलाई बुटवलको कोरोना विशेष अस्पतालको आईशोलेशनमा राखिएको छ ।