आयल निगमले बढायो पेट्रोलको मूल्य

आयल निगमले बढायो पेट्रोलको मूल्य

काठमाडौं, १६ भाद्र । 
नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । 

इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएर आएकाले निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो । 

नयाँ मूल्यसूची अनुसार काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र)को लागि पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ पर्नेछ । 

निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।