काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

२१ साउन, काठमाडौं । 
बुधबार दिउँसो काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे  ४ बजे  ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर ३.५ रेक्टरको भूकम्प गएको हो ।

३.५ रेक्टरस्केलको मात्रै भूकम्प गएपनि  भूकम्पको केन्द्रविन्दु काठमाडौं उपत्यका भित्रै भएकाले धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

भूकम्पले क्षति भने पुर्याएको जानकारी नआएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।