कपिलवस्तुमा एकैदिन ७७ जनामा कोरोना पोजेटिभ

कपिलवस्तुमा एकैदिन ७७ जनामा कोरोना पोजेटिभ

१७ जेठ, सैनामैना । 
कपिलवस्तुमा शनिबार एकैदिन ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि  ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला रहेका छन् ।

कपिलवस्तु जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।