थप १४५ जनामा कोरोना सङ्क्रमण

थप १४५ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, ११ चैत ।
पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।