माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ६ भाद्र । 
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

गत बिहीबार नेपालका परिवारसहित सहित सुरक्षाकर्मीको स्वाब संकलन गरिएकोमा  शनिबार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेता नेपालका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको छन् भने नेता नेपालले साथीभाई तथा कार्यकर्ता भेटघाट बन्द गरेका छन्।

नेता नेपालसहित उनको परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।