बाबुराम दम्पत्तीलाई कोरोना संक्रमण

बाबुराम दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं, ८ कार्तिक । 
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षणका लागि शुक्रबार स्वाब दिएका भट्टराई दम्पत्तीको परिक्षण नतिजा पोजेटिभ आएको सामजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

चिकित्सकहरूको सल्लाह बमोजिम दुवैजना होम आइसोलेसनमा रहेको भट्टराईले बताएका छन् । उनीहरूले पछिल्लो समय आफूहरूको सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 

पछिल्लो समय भट्टराई गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए।