नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

काठमाडौं, ३२ साउन । 
नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा  नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको जानकारी दिएका छन् । 

आज पर्साका एक पुरुष र मोरङकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना सङ्क्रण देखिएपछि संक्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६०  पुगेको