नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुग्यो

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुग्यो

काठमाडौं, ४ भाद्र । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६  पुगेको बताए । 

मन्त्रालयका अनुसार आज काठमाडौंकी एक महिला,  मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ ।