बुटवल कोरोना अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल, २७ भाद्र । 
बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । 

रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा गएराती श्वासप्रश्वासमा समस्या भएपछि राती साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गई परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएको र २४ गतेबाट स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए । 

मृतक मधुमेहका बिरामी थिए ।