कोरोना भाइरसका कारण काठमाडौंका १ जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

कोरोना भाइरसका कारण काठमाडौंका १ जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

१९ असार, काठमाडौं । 
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एकको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोना भाइसरका कारण ज्यान गएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको प्रवक्ता डा जागेश्वर गौतमलेले बताए ।   

उनको काठमाडौंस्थित एक निजी अस्पतालमा आइसीयुमा उपचारका क्रममा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनको मृत्युसँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।