देशभर १९४६ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

देशभर १९४६ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

काठमाडौं, २९ कार्तिक । 
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको  मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जनाले कोरोना जितेर निको भएका छन् ।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। 


१३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।