नेपालमा पहिलोपटक एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण

नेपालमा पहिलोपटक एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण

काठमाडौं, २ भाद्र । 
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको बताए । 

यस्तै गएको २४ घण्टामा थप ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १७ हजार ५ सय ८० पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ भने पछिल्लो २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् ।