२४ घन्टामा थप १५ सय ३९ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

२४ घन्टामा थप १५ सय ३९ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

३१ भाद्र, काठमाडौं । 
पछिल्लो २४ घण्टामा देशभर थप १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनामा गरिएको परीक्षणमा १५ सय ३९ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

थपिएका संक्रमितसँग देशभर सकृय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ । थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएर घर फर्किसँगै कोरोना जित्नेको कुल संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।

८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या ३७९ पुगेको छ ।