२४ घण्टामा थप ३ हजार ९३ जना संक्रमित थपिए

२४ घण्टामा थप ३ हजार ९३ जना संक्रमित थपिए

काठमाडौं, ४ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

देशभर भएको १३ हजार ८ सय ६१ परीक्षणमा थप ३ हजार ९१ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै २४ घण्टामा २ हजार १ सय ८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

संक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ५ सय ५९ जना उपचारत छन् । त्यस्तै क्वारेन्टिनमा रहनेको संख्या ४ हजार २ सय २० रहेको छ।

पाँच सय भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन् । शुन्य संक्रमित भएको जिल्लामा मुस्ताङ मात्रै रहेका छ ।