नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं, ६ कार्तिक । 
पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

देशभर भएको १५ हजार २ सय ५५ परीक्षणमा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै देशभर होमआइसोलेसनमा रहनेको संख्या २६ हजार ९ सय २७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ३ सय ३९ जना उपचारत छन् । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८ रहेको छ।

पाँच सय भन्दा बढी संक्रमित रहेका जिल्लामा झपा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चो, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन् । शुन्य संक्रमित भएको जिल्लामा मुस्ताङ मात्रै रहेका छ ।

थप २१ जनाको मृत्यु 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या ८ सय १२ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।