लामखुट्टेले टोक्दा कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

लामखुट्टेले टोक्दा कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

११ जेठ, काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण सरेको कुनै घटना नभएको बताउदै लामखुट्टेबाट कोरोना भाइरस सर्ने कुरा प्रमाणित नभएको जानकारी दिए ।

डा. देवकोटाकाले भने कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग हो, यो भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा निस्किने थुकको छिट्टाबाट सर्ने गर्छ । कोरोना संक्रमणबाट बच्न बारम्बार हाल धुने, खोक्दा वा हाच्छिउ गर्दा कुइना वा रुमालले मुख छोप्ने लगायतका सावधानी अपनाउनु पर्ने प्रवक्ता डा. देवकोटाकाले बताए ।

प्रवक्ता डाक्टर देवकोटाकाले गर्मी मौसम शुरु भएको र लामखुट्टे लाग्ने समय पनि शुरु भएको बताए । लामखुट्टेले कोरोना भाइरस नसार्ने भएपनि डेंगु, मलेरिया लगायतको रोग सार्ने भएकाले लकडाउनमा घर तथा क्वारेन्टाइमा रहँदा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे।

उनले लामखुट्टेको टोकाइबाट बच्न, झुलको प्रयोग गर्ने, घरमा ढोका तथा झ्यालमा जालीको प्रयोग गर्ने, घर वरपर सफा गर्ने र घर वरपर पानी जम्न दिन नहुने बताए ।