२४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ४ कार्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। कुल संक्रमितमध्ये ४१ हजार ७ सय ७५ सक्रिय संक्रमित छन्।