कतारमा फाइजर र बायोएनटेकले बनाएको कोरोना खोपको दोस्रो डोज सुरू

कतारमा फाइजर र बायोएनटेकले बनाएको कोरोना खोपको दोस्रो डोज सुरू

काठमाडौं, ३ माघ ।

कतारमा सर्वसाधरण देखी  विदेशी कामदारलाई कोरोना खोपको दोस्रो डोज  दिन सुरू गरिएको छ । 

गत डिसेम्बर २३ तारिखदेखि सुरु भएको खोप अभियानमा पहिलो डोज खोप लिने सबैलाई दोस्रो डोज पनि दिन सुरु गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कतारमा फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपले मान्यता पाएको छ।

कतारमा १० स्वास्थ्य केन्द्रमार्फत ६५ वर्षभन्दा माथिका मानिसहरूलाई र केही स्वास्थ्यकर्मीहरूलाई खोप दिइरहेको छ । यो खोपको पहिलो चरण जनवरी ३१ सम्म जारी रहने मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सावधानी अपनाउँदै खोपको पहिलो मात्रा लिएका सबै व्यक्तिहरुलाई तोकिएको मितिमा गई दोस्रो खोप लिनसमेत त्यहाको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कतारमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४६ हजार ८८५ पुगेको छ । हालसम्म २ सय ४६ जनाले ज्यान गुमाएका छन् ।