फर्कियो नेपाली टोली , विमानस्थलमा भब्य स्वागत

फर्कियो नेपाली टोली , विमानस्थलमा भब्य स्वागत
तस्विर सौजन्य : कान्तिपुर

२१ माघ, काठमाडौं । युएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोलीसाेमबार दिउँसो ४ बजे  स्वदेश आइपुगेकाे छ ।

युएईविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोलीलाई  स्वागत गर्न युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतका क्रिकेट प्रेमीहरूले विमानस्थलमा रातो कार्पेट बिछ्याएर भब्य स्वागत गरेका थिए।

युएईविरुद्धको एकदिवसीय र टी-२० दुवै श्रृङ्खला नेपालले समान २-१ ले आफ्नो पक्षमा पारेर इतिहास रचेको थियो ।

टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने यूएईबाटै अष्ट्रेलिया जाने टोलीका प्राविधिक रमन सिवाकोटीले जानकारी दिए । सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न अष्ट्रेलिया जान लागेका हुन् ।