फेसबुक पेजमा नक्कली जागिर देखाएर ठगि

फेसबुक पेजमा नक्कली जागिर देखाएर  ठगि

काठमाडौं, २९ पुस ।

सामाजिक संजाल फेसबुकमा नक्कली जागिर देखाएर ठगेको आरोपमा दोलखा जिरी नगरपालिका वडा नं ८ का शिब खड्कालाई प्रहरीले नियन्त्रमा लिएको छ ।

हाल काडाँघारी बस्ने खड्काले फेसबुक पेज बनाएर युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा १५ सय देखि ३५ सय सम्म इसेवा मार्फत डिपोजिट गर्न लगाएर ठगि गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

४३ जना युवाहरुबाट रकम ठगी गरेर फरार रहेका खड्कालाई उजुरी परेपछि खोजीका क्रममा काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको हो ।

उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको अपराध महाशाखाले जानकारी दिएको छ ।

यस्ता खालका प्रलोभनबाट बच्न समेत महानगरीय अपराध महाशाखा अनुरोध गरेको छ ।