महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
तस्विर सौजन्य : द हिमालयन टाइम्स

असोज २८, काठमाडौं । 
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा महरा असोज १९ मा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।