सातौँ राष्ट्रिय पोसाक दिवस (फाेटाेफिचर)

सातौँ राष्ट्रिय पोसाक दिवस (फाेटाेफिचर)

अनिल सापकाेटा,

१७ पुस, काठमाडौं

काठमाडौंमा विविध कार्यक्रम गरी सातौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ।

‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार ‘राष्ट्रिय पोशाक दिवस’ मनाइएको हो । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भाव र्याली निकाली दिवस मनाएको हो ।

महाअभियानका संयोजक राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताए । उनले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताए ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानले नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ ।

र्‍यालीमा युवा-युवतीहरू, सामाजिक अभियन्ताको सहभागिता उल्लेख्य रहेको थियो। राष्ट्रिय पोसाकमा सजिएका उनीहरूले हातमा झण्डा समेत बोकेका छन्।

तस्बिरमा हेर्नुहाेस्  सातौँ राष्ट्रिय पोसाक दिवस

तस्बिर: अर्जुज भूसाल