सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान ६ रेक्टरको भूकम्प

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान ६ रेक्टरको भूकम्प

३१ भाद्र, काठमाडौं । 
बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे  केन्द्रविन्दु भएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर ६.० रेक्टर स्केलको भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का भने काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा  महसुस गरिएको थियो । 

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु एकाबिहानै सडकमा निस्किएका थिए ।

भूकम्पको क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।