महिला सहयात्रा लघुवित्तले १०.५३ प्रतिशत लाभाशं दिने

महिला सहयात्रा लघुवित्तले १०.५३ प्रतिशत लाभाशं दिने

काठमाडौं, ८ माघ । 

महिला सहयात्रा लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । 

माघ ७ गते, बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले गत वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लभांशमा चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँ ले हुन आउने १० प्रतिशत बोनस सेयर र १ करोड ३३ लाख १० हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशत ०.५३ प्रतिशत नगद कर प्रयोजनका लागि गरि कुल १०.५३ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्ताव लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।