टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने

टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, १९ फागुन ।   
नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बुधबार बिहान बसेको कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्षको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीको निर्णय अनुसार कम्पनीले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्नेछ।

कम्पनीले प्रस्ताव गरेको उक्त नगद लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाले पारित गरेर सेयरधनीलाई वितरण गरिने छ ।