सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, २६ पुस ।
स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्यमा प्रतितोला २ हजार ३ सय ले ओ गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ ।  शुक्रबार प्रतितोला ९५ हजार ३ सयमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ हजार ३ सयले गिरावट आएर ९३ हजार कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य आजका लागि प्रतितोला  ९२ हजार ५०० तोकिएको छ । शुक्रबार प्रतितोला  ९४ हजार ८ सयमा कारोवार भएको तेजाबी सुन  पनि आज २ हजार ३ सय ले नै ओरालो लागेको हो । 

यस्तै चाँदी तोलामा ६० ले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।