ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड शुक्रबार, पर्ने सम्भावना कति?

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड शुक्रबार, पर्ने सम्भावना कति?

काठमाडौं, ३ फागुन । 
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओ यसै साताको अन्तिम दिन बाँडफाँड हुने भएको छ। 

बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार आइपीओ यसै शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ।

माघ २३ गतेदेखि खुलेको हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९सय ४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। 

यो कम्पनीले सर्वसाधरणका लागि जारी गरेको आइपीओको ७.३७ गुणा धेरै हो।

मागभन्दा धेरै आवेदन परेकोले ३ लाख २५ हजार १६५ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउने छन् ।