आजदेखि खुलेका महिला लघुवित्तकोआईपीओ कहिलेसम्म कति कित्ता भर्ने?

आजदेखि खुलेका महिला लघुवित्तकोआईपीओ कहिलेसम्म  कति कित्ता भर्ने?

काठमाडौं, ३० माघ । 
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला भएको छ । 

कम्पनीले शुक्रबारबाट सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

हाल चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको यस लघुवित्तको आईपीओ बिक्रीपछि चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ । 

कहिलेसम्म दिने आवेदन
लघुवित्तको आईपीओमा माघ ३० गतेदेखि फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म म्याद थप हुनेछ।