विदेश अध्ययन गर्न जान अब १२ पास गर्नैपर्ने

विदेश अध्ययन गर्न जान अब १२ पास गर्नैपर्ने

जेठ ३०, काठमाडौं । 
सरकारले अब स्नातक तह पढ्नका लागि मात्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)  प्रदान गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबारै सूचना प्रकाशन गर्दै कक्षा १० पछी डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई रोक लगाएको हो। 

यसअघि माध्यामिक शिक्षा तहको अध्ययन गर्नका लागिसमेत अनुमतिपत्र प्रदान गर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अबदेखि स्नातक तह पढ्नका लागिमात्र अनुमतिपत्र दिने भएको हो ।

‘प्लस टु वा सोसरह उत्तीर्ण गरी विदेशी विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि सोसँग सम्बन्धित एकेडमी ब्रिज कोर्स वा भाषा कोर्स र स्नातक वा सोभन्दा माथि अध्ययन प्रयोजनका लागि मात्र एनओसी जारी गरिने छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘छात्रावृत्तिसम्बन्धि ऐन २०२१ संसोधनसहितको नियम २७ ९क० बमोजिम विदेशमा व्यवस्था गरिएको हो।’ शिक्षा मन्त्रीका प्रेस सल्लाहाकार सुनिल खड्काले मन्त्रालयले पुरानै भएको ऐन कार्यान्वयन मात्र गरेको बताए।