एक जोडी कुकर जसले टोलभरीको चप्पल चोरे

एक जोडी कुकर जसले टोलभरीको चप्पल चोरे
एक जोडी कुकर जसले टोलभरीको चप्पल चोरे
एक जोडी कुकर जसले टोलभरीको चप्पल चोरे

फागुन १७, दोलखा

सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । घटना चोरीको हो । आजसम्म कस्ता चोरीका घटनाहरु सुन्नुभएको छ? त्यसमा पनि मानवीय चोरीका घटनाबाहेक अन्य घटनाहरु सुन्नुभएको छ?

यो घटना दोलखाको सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यलय वरीपरीको टोलमा घटेको हो । बिगत केही दिनदेखी  जिल्ला प्रहरी कार्यलयको वरिपरीको टोलमा दिनहुजसो जुत्ता चप्पल हराउन थाले । 

राती ढोका बाहिर राखेर सुतेको जुत्ता चप्पल  बिहान उठ्दा कहिले जुत्ता त कहिले चप्पल गायव हुन थाले । स्थिानियहरुले गाँउकै कुनै चोरले दुख दिन यस्तो गरेको अनुमान गरे । चोर पत्ता नलागेपछि स्थानियले प्रहरीलाई खबर गरे । प्रहरीले केही दिनको खोजीपछि पत्ता लगायो जुत्ता चप्पल चोर्ने चोर मानवीय नभएर एक जोडी कुकुर रहेछ । 

उक्त एक जोडी कुकुरबार प्रहरी दुई बोरा जति जुत्ता चप्पल फेला पारेको छ । जसमा केटाकेटीका चप्पलदेखी खेलाडीले लगाउने बुट समेत रहेका छन् । प्रहरीका अनुसार उक्त जोडी  कुकुरले राती परेपछि बिभिन्न घरहरुबाट जुत्ता चप्पल लगेर एक ठाउँमा जम्मा गरेका रहेछन् । 

अहिले जिल्ला प्रहरी कार्यलय दोलखाले सुचना नै निकालेर ती जुत्ताचप्पल बाँडिरहेको छ :

 

रातको समयमा एक जोडी कुकुरले बिभिन्न घरबाट उठाई ल्याएका जुत्ता चप्पल फेला पारेको सम्बन्धमा आफ्नो घर बाहिर राखिएका जुत्ता चप्पलहरु बिगत देखी हराईरहेको स्थानियहरुको गुनासो यस कार्यालयमा प्राप्त भएकोमा पत्ता लगाउने क्रममा अनौठो तथ्य प्रहरीले प्राप्त गरेको छ । एक जोडी कुकुर जिल्ला प्रहरी कार्यालय तथा आसपासको क्षेत्रमा घुमिरहेका हुन्छन् उनिहरुको अनौठो दिनचर्या नै सदरमुकाम स्थित बिभिन्न स्थानबाट जुत्ता चप्पल संकलन गरी जम्मा गर्ने गरेको पाईएको छ । त्यसरी फेला पारिएका जुत्ता चप्पलमा बच्चा-बच्चीले प्रयोग र्ने देखी लिएर खेलाडीले लगाउने बुट, स्पोर्टस सुज र लेडिज जुत्ता चप्पल सम्म रहेका छन् । हाल जिल्ला प्रहरीले त्यस्ता जुत्ता चप्पल २ बोरा संकलन गरी आफ्नो स्टोरमा सुरक्षित राखिएको छ । यदी कोही कसैको जुत्ता चप्पल हराएको भए यस कार्यालयमा सम्पर्क राख्न्न हुन समेत अनुरोध गरिन्छ ।

 

ती एकजोडी कुकुरले किन यस्तो गरे होलान भनेर हामीले पशुविज्ञलाई सोध्यौँ उहाँ भन्नुहुन्छ "कहिलेकाही पशुहरुले सम्भोगको समय चलिरहदा उत्तेजनामा यस्ता हर्कत गर्न सक्छन्, भने केही पशुको मानसिक सन्तुलनमा गडबडी भएपछि पनि त्यस्तो गरेका हुनसक्छन् । "