हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ युट्युवमा

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ युट्युवमा

काठमाडौं, ३० माघ ।  
सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । 

सिर्जनाको शब्द र स्वर रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत दिएका छन् ।  

गीतमा हाउडेमाया र केवलजङ्ग कुँवरको फिचर छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी हाउडेमाया हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । 

“विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई  यो गीतले चिरेको छ”, उनले भनिन । 

गीत सार्वजनिक भएको १ दिनमा नै २० हजार बढि दर्शकले हेरिसकेका छन् । 

गीत उनको व्यक्तिगत युट्युब च्यानल सिर्जना खत्री बाट सार्वजनिक गरिएको छ ।