निषेधाज्ञामा स्वास्थ्य रहन महानायक हमालले दिए यस्तो टिप्स

निषेधाज्ञामा स्वास्थ्य रहन महानायक हमालले दिए यस्तो टिप्स

काठमाडौं, २० जेठ । 
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण करिब डेढ महिनादेखि आम मानिसहरुको दैनिकी घरभित्रै सिमित भएको छ । 

यसरी लामो समयदेखि मानिसहरु घरभित्रै बसिरहँदा मानिसको मानसिक स्वास्थ्यमा असर पारेको छ। 

यो कठिन समयमा मानसिक रुपमा स्वस्थ्य रहन चिकित्सक, मनोविज्ञ सँगै कलाकारहरुले पनि आग्रह गरिरहेका छन्। यसै सन्दर्भमा लामो समयसम्म बस्दा मानसिक लगायत बिभिन्न समस्या देखिने भएकाले महानायक राजेश हमालले स्वास्थ्य रहन टिप्स दिएका छन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो सामाग्री राख्दै महानायक हमालले स्वास्थ्य रहन टिप्स दिएका हुन् । भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् ।

महानायक हमालले असामान्य परिस्थितिमा आफ्नो मानसिकतामा पनि असामान्य प्रभाव पार्न सक्ने भएकाले यस कुरामा होसियार रहन सुझाव समेत दिएका छन् । मनलाई सकारात्मक बनाइराख्न आफूलाई इच्छा लागेको कुरामा रमाउन उनले आग्रह गरेका छन् ।

महानायक हमालकै शब्दमा...
 
नमस्कार, म राजेश हमाल।
हामी सबैलाई थाहा छ कि पछिल्लो करीब डेढ वर्षयता कोभिड १९ ९कोरोना भाइरस० बाट विश्व ग्रसित छ । आतंकित छ । र, अहिले दोस्रो लहर कोरोना भाइरसको नयाँ भेरियन्टको कोरोना भाइरस नेपालमा देखा परेको छ र हामी सबै लकडाउनमा छौं । यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही असामान्य प्रभाव पार्न सक्छ । त्यसैले असाध्यै यसमा चाहि हामी यसमा होसियार हौं । आफ्नो मनलाई हल्का राख्न, आफ्नो मनलाईपोजेटिभ बनाइराख्नको लागि आफूलाई इच्टा लागेको जुन कुरामा तपाईं इन्गेज हुनुहुन्छ त्यही कार्यहरु गर्नुहोस् । चाहे त्योआफ्नो घरको सदस्यहरुसँग बसेर रमाइला कुराहरु शेयर गर्ने, केही जोक्सहरु भन्ने, हाँसी मजाकका कुराहरु गर्ने या यदि तपाईंका आउटडोर्स वा गार्डेन छ भने यहाँहरुले समय बिताउन सक्नुहुन्छ । खाना बनाउन यहाँलाइ इन्ट्रेस्ट भने केहि खाना बनाउन इंगेज राख्न सक्नुहुन्छ । एक्सरसाइज गर्न सक्नुहुन्छ । र समय छ भने यहाँहरुले केहीबेर मेडिटेसन गरेर आफ्नो माइन्डलाई असाध्यै फ्रेस र पोजेटिभ राखिरहन सक्नुहुन्छ । त्यसैले आफ्नो मानसिक सन्तुलनका लागि अवेर भइरहनु होला आफूलाई पोजेटिभ कसरी राख्न सकिन्छ ।
 
न्यूजहरुमा पनि धेरै समय नखर्चिनुहोला । अहिले विभिन्न स्रोतहरु छ न्यूजको लागि । यदी तपाईंहरुलाई न्यूज थाहा पाउन मन छ भने पनि खालि एउटा स्रोतमा केही समयका लागि यहाँहरुले समय खर्चिनुहोला । बाँकीको समय चाहिँ जसरी यहाँहरुलाई इन्गेज हन सकिन्छ, आफ्नो दिमागलाई फ्रेस र पोजेटिभ राख्न सकिन्छ, त्यही राख्ने कार्यहरुमा संलग्न हुनुहोला । एक्सरसाइज गर्नुहोस्, फ्रेस हावामा हिँडडुल गर्नुहोस् ।  पुस्तक पढ्न मन छ भने पुस्तक पढ्नुहोस् । यहाँहरुलाई लेखमा रुची छ भने आफ्ना मनका कुराहरु लेखेर हलुका पनि हुन सकिन्छ । केही कुराहरु चाहिँ यहाँहरुले लेखमार्फत् व्यक्त गरेर आफ्ना घरका सदस्यहरुसँग पनि शेयर गर्न सक्नुहुन्छ । त्यसैले आफूलाई इन्गेज राख्नुहोला । यसबाट यहाँहरुको मानसिकता सकारात्मक र फ्रेस रहिरहनेछ । थ्याङ्क यू ।