रक्षाले फ्यानलाई दिइन् सरप्राइज

रक्षाले फ्यानलाई दिइन् सरप्राइज

काठमाडौं, २४ असार । 
हास्य सिरियल ‘भद्रगोल’ मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले आफ्ना फ्यान तथा शुभचिन्तकलाई सरप्राइज दिएकी छन्। उनले सरप्राइज स्वरुप आफ्नी दुई महिनाकी छोरीको फोटाे सार्वजनिक गरेकी हुन् ।   

रक्षाले आफ्नो जन्मदिन र छोरी दई महिना पुगेको अवसर पारेर छोरीको तस्वीरसहित आमा बनेको ‘सरप्राइज’ आफ्ना फ्यान एवं शुभचिन्तकलाई दिएकी हन्।

उनले छोरीसहितको फोटो सार्वजनिक गरेपछि उनका फ्यान तथा शुभचिन्तकले खुसी व्यक्त गर्दै बधाई दिएका छन् । 

रक्षाले दुई महिना अगाडि नै छोरीलाई जन्म दिएपनि आफू आमा बनेको खबर यसअघि सार्वजनिक गरेकी थिइनन्।

रक्षाले १३ वर्षअघि नै मिग्मा गुरुङसँग विवाह गरेकी थिइन् । बैवाहिक जिवनमा बाँधिएको लामो समयपछि रक्षाले छोरीलाई जन्म दिएकी हुन् । रक्षाले छोरीको नाम माहिरा गुरुङ राखेको जानकारी दिइन्।

हास्य सिरियल भद्रगोलबाट चर्चामा आएकी रक्षले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।