उपराष्ट्रपतिले भने ‘देशलाई माया गर्नेले हेर्नुपर्ने फिल्म रहेछ क्यापटेन’

उपराष्ट्रपतिले भने ‘देशलाई माया गर्नेले हेर्नुपर्ने फिल्म रहेछ क्यापटेन’
तस्विर सौजन्य : Glamour Nepal

फागुन २७, काठमाडौं । 
उप-राष्ट्रपति नन्दकिशोर पुनले चलचित्र ‘क्याप्टेन’ ले निकै नै उत्कृष्ट कथा उठान गरेको  बताएका छन् । 

 रिलिज भएको दोश्रो सातामा चलचित्र ‘क्याप्टेन’ हेर्न काठमाण्डौको बिग मुभिजमा पुगेका उपराष्ट्रपति पुनले  चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिदै भने‘चलचित्रले निकै नै उत्कृष्ट कथा उठान गरेको छ, देशलाई माया गर्नेहरुले यो चलचित्र हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

पुरा समय चलचित्र हेरेका उपराष्ट्रपतिले  भने, ‘फुटबलको कथालाई आधार बनाएको यस सिनेमाले देश प्रतिको  माया र राष्ट्रियताको कथा उठान गरेको छ। म यो चलचित्र निर्माण गर्ने नायक भूवन केसीलाई बधाई दिन चाहन्छु ।’ 

यस्तै उप-राष्ट्रपति पुनले नायक अनमोल केसीलाई ‘सुपरस्टार’ भन्दै प्रगतीको शुभकामना दिए ।

फागुणको १७ गतेबाट रिलिज भएको दिवाकर भट्टराई निर्देशित यो चलचित्र अहिले दोश्रो सातामा हलमा चलिरहेको छ ।