भारतीय अभिनेता पर्ल वी बलात्कारको आरोपमा पक्राउ

भारतीय अभिनेता पर्ल वी बलात्कारको आरोपमा पक्राउ

ऐजेन्सी, २२ जेठ। 
चर्चित भारतीय टेलिभिजनकर्मी  तथा अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ। 

पीडित महिला र उनको परिवारले पुरीविरुद्ध दिएको उजूरीका आधारमा शुक्रबार राति उनलाई प्रहरीले पक्राउ परेका हो।

अहिले उनलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

२०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिक मार्फत पुरीले आफ्नो करियर सुरु गरेका थिए ।

पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा अभिनय गरेका छन् । त्यस्तै बिग बोस १२ र १३ मा गेस्टका रुपमा समेत देखिएका थिए । उनी यसबाहेक ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोमा पनि सहभागी भएका थिए ।

पुरी आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका कलाकार हुन्।