‘डमरुको डण्डीबियो’ सिनेमाघर एपमा निःशुल्क हेर्न सकिने

‘डमरुको डण्डीबियो’ सिनेमाघर एपमा निःशुल्क हेर्न सकिने

काठमाडौं, ८ जेठ ।
दिवंगत निर्देशक छेतेनगुरुङद्वारा निर्देशित, अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान अभिनित फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् ।

फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले डमरुको डण्डीबियो सिनेमाघर एपमा निशुल्क हेर्न सकिने जानकारी दिएका छन् । उनका अनुसार अहिले यो फिल्म नेपालमा मात्र हेर्न सकिन्छ ।  विस्तारै अरु देशबाट पनि फिल्म हेर्न मिल्ने प्रयास गरिने उनले बताएका छन् । 

कोभिड१९ को दोश्रो लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर दर्शकको लागि सिनेमाघर एपमा यो चलचित्र निशुल्क उपलब्ध गराईएको लामिटछानेले बताएका छन्।

फिल्म हेर्नका लागि एप स्टोरमा गएर सिनेमाघर एप डाउनलोड गर्न सकिन्छ । यस लिंकमा क्लिक गरेर एप डाउनलोड गर्न सकिन्छ  www.cinemaghar.app