उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा

उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा

काठमाडौं, १३ मंसिर ।
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ ।

गत चैतमा नै हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कारोना महामारीका कारण पटक–पटक स्थगित  भएको साधारणसभाको ११ मंसिर गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट उद्घाटन गरेका थिए ।

मतदान महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की व्याङ्केट बबरमहलमा बिहान आठ बजेदेखि सुरु गर्ने तयारी भएको महासंघको सचिवालय जानकारी दिएको   छ । 

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने विधीअनुसार महासंघको ५४ औं अध्यक्ष शेखर गोल्छा बन्नेछन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा होमीएका छन्। 

प्रज्ञा प्रतिष्ठानमा उद्योग वाणिज्य समूह र कोरोना संक्रमितलाई मतदानको व्यवस्था गरिएको छ भने कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ सचिवालयले जानकारी दिएको छ ।