पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

१९ माघ, काठमाडौं । शनिबार राति १२ बजेबाट लागू हुने गरी सरकारले  पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ बढाएको छ । 

शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।