बेलायतबाट फर्केका तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

बेलायतबाट फर्केका तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ ।

बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी.१.१.७०) कोरोना भाइरस पुष्टि भएको छ ।

नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य २ जना निको भइसकेका र एक जनामा कुनै लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय एक पुरुषमा पोजेटिभ देखिएपनि कुनै लक्षण नदेखिएको उल्लेख छ ।

गत महिना बेलायतबाट आएका ६ जना मध्ये ३ जनामा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको थियो ।