पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे १५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे १५ हजार नाघ्यो

२१ असार, काठमाडौं । 
पछिल्लो २४ घण्टायता काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनले नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा छन् ।

गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए ।

हालसम्म कोरोना संक्रमणका कारण ३४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। हालसम्म ११ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी संक्रमित छन्।